Kath Khabar
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
File Photo

                             काठमाडौं, कात्तिक १३ । प्रतिकूल मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएका छन् ।

कम भिजिबिलिटीका कारण आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ विमानस्थलले जनाएको छ । दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update