भाषण गर्दा गर्दै बेहोस भएका जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन
बुटवल, कात्तिक १३ । विरोध कार्यक्रममा भाषण गर्दा गर्दै बेहोस भएका एमालेको मजदुर संगठन जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतम बिहीबार भैरहवामा नेपाल विद्युत प्राधिकरणले लाइन काटेको विरोधमा आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक ढलेका थिए ।
६५ वर्षीय गौतम अचानक ढलेपछि उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनकाे मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

