अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो
चितवन, कात्तिक १४ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगाहरू झर्दा अवरुद्ध भएको सवारी आवागमन संचालनमा आएको छ ।
ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू भैरहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न तथा गराउन सडक डिभिजन भरतपुरले अनुरोध गरको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

