Kath Khabar
आज यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

                      काठमाडौं, कात्तिक १९ ।  हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update