Kath Khabar
आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

                       काठमाडौं, कात्तिक २० ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update