मेयर बालेनविरुद्ध सिआइबीमा उजुरी
काठमाडौं, कात्तिक २० । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको छ ।
मेयर बालेनले सामाजिक सञ्जालमा अश्लील भाषा प्रयोग गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी पेश गरेको हो । उजुरीमा बालेनमाथि सामाजिक शान्ति विरुद्धको अपराध, मानहानी र साइबर अपराधसहित तीनवटा अपराधको अभियोग लगाउदै कानूनी कारबाहीको माग गरेका छन् ।
बालेनले शनिबार मध्यराति सामाजिक सञ्जालमा चीन, भारत, अमेरिका लगायतका देश र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुको नाम समेट्दै आपत्तिजनक शब्दमा स्टाटस लेखेका थिए । तर केहीबेरमै उनले उक्त पोस्ट हटाएका थिए । उनको स्टाटसको स्क्रिनसट भने सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

