Kath Khabar
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

                                  सुनसरी, कात्तिक २८ ।  इटहरी उपमहानगरपालिका-३ डाडागाउँबाट अवैध लागूऔषध गाँजा करिब ९८ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कल्पना राई र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भएका २० वर्षीय मनोज राई रहेका छन् । अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले कल्पनाको घरमा रहेको प्र.१-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीबाट ४९ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको      हो ।

मोरङ, रंगेली नगरपालिका-४ चोप्राहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ भउसाबारी बस्ने २७ वर्षीय जिवन खड्का र रंगेली नगरपालिका-४ चोप्राह बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी रंगेली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

यसैगरी मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय सलिन गुरूङ र ४४ वर्षीय कपिल जिमि याखा रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ३ सय ट्याब्लेट सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय राजिव लामा, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय प्रवेश बरैली, सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीय निशान कोईराला, सोही उपमहानगरपालिका-१५ बस्ने बकैया गाउँपालिका-१२ घर भएका १९ वर्षीय अशोक स्याङ्तान र मकवानपुरगढी गाउँपालिका-२ कुर्ले बस्ने २३ वर्षीय दिपेश संजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

महोत्तरी, औरही नगरपालिका-१ औरही चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बेताली-५ पातेपुर बस्ने २७ वर्षीय गोबिन्द कुमार चमार र २१ वर्षीय एकवाल महोम्मद रहेका छन् । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले बर्दिबासबाट औरहीतर्फ आउँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध गाँजा २ किलो २ सय ग्राम सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जान मोहमद हुसेन, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय सादाब हसिन, मोरङ केराबारी गाउँपालिका-८ बस्ने ३६ वर्षीय भुषण राई र सोही गाउँपालिका-१० बस्ने ३२ वर्षीय अनिस मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।    

झापा, हल्दीबारी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय देवी प्रसाद गुरूङ र १९ वर्षीय सौरभ गुरूङ रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले मे.७ प ५५४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update