Kath Khabar
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

                               काभ्रे,  कात्तिक ३० । पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिक समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update