रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित
काठमाडौं, मंसिर ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमाथिको बिहीबार निर्धारण गरिएको सुनुवाइ स्थगित भएको छ । उनका कानुन व्यवसायीले उच्च अदालत बुटवलमा सुनुवाइ स्थगन मागेपछि गोला प्रथाबाट परेको ३ नम्बर संयुक्त इजलासले सुनुवाइ नगर्ने निर्णय गरेको हो ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा बिहीबारका लागि पेसी तोकिएको थियो । तर लामिछानेको अर्को पेसी पाटन उच्च अदालतमा पनि परेको कारण वकिलले बुटवलमा सोही मितिमा बहस गर्न नसक्ने भन्दै समय मागेपछि सुनुवाइ सारिएको अदालत स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

