Kath Khabar
दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
File Photo

                     काठमाडौं, मंसिर ४ ।  दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 

न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई किन थुनिएको हो भन्ने कारण पेश गर्न र उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

यसअघि प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबु गैरकानूनी थुनामा राखिएको दावी गर्दै  सर्वोच्च अदालतमा बुधबार  बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । सोही रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update