Kath Khabar
एनपीएल : विराटनगर किंग्सको लगातार दोस्रो जित

                   काठमाडौं, मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले हराएको हो । काठमान्डुले भने लगातार दोस्रो हार बेहोर्यो ।

काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  ओपनर जर्ज मुन्शीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । मुन्शीले केवल १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडे भने लोकेश बमले १४ रन बनाए ।

ब्याट्सम्यान मार्टिन गुप्टिलले १९ बलमा २५ र नरेन भट्टले ३० बलमा २४ रन योगदान गर्दै विराटनगरलाई जिततर्फ डोऱ्याए । वसिर अहमदले १९ रन बनाए । अन्त्यमा, कप्तान सन्दीप लामिछाने नौ रन बनाएर नटआउट रहे भने शुभम रंजनेलले छ रन दिएर टोलीलाई जित दिलाए।

काठमाडौँका लागि शाहब आलमले दुई विकेट लिए । करण केसी, जेरहार्ड इरासमस र सन्तोष यादवको नाममा एक/एक विकेट रह्यो । 

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । काठमान्डुले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update