Kath Khabar
एनपीएल : सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरको लगातार तेस्रो जित

                           काठमाडौं, मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ ।

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो । योसँगै जनकपुरको दोस्रो हार भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले  १३५ रन बनाएको थियो । विराटनगरले दिएको १३६ रनको विजयी लक्ष्य पन्छाएको जनकपुरका लागि निकोल लोफ्टी इटोनले सर्वाधिक ४१ रन बनाए । यस्तै, लाहिरु मिलान्थाले २३ रन, आसिफ शेखले १३ रन, सञ्जय कृष्णमुर्थीले २० रन बनाए । 

सन्दिपले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिए । सूर्य तामाङले २० रनमा २ विकेट लिए भने मार्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले एक-एक विकेट लिए ।

जनकपुरका लागि जान निकोल लोफ्टी-इटनले सर्वाधिक ३० बलमा ४१ रन बनाए, जसमा ४ चौका र १ छक्का प्रहार गरे र अन्तिम ओभरमा रन आउट भए ।

गत वर्ष, जनकपुरले सिजनको सुरुवातमा विराटनगरलाई सजिलै ८ विकेटले पराजित गरेको थियो।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update