Kath Khabar
एनपीएलमा आज दुई खेल हुँदै

                         काठमाडौं, मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । 

पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार आइतबार विश्रामको दिन राखिएको थियो । हालसम्मको प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुई/दुई खेल खेलेका यी टोली चार/चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको कर्णाली याक्स तेस्रो नम्बरमा छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update