
प्रकृतिको अनुपम सुन्दरताले भरिएको मुलुक हो , नेपाल । नेपाल भित्र रहेको अनुपम सुन्दरताले गर्दा यहाँ आउन विदेशी नागरिक समेत लोभिरहन हुन्छ । अझै कुरा गरौं हिमाललाई सिरानी राखी आफू काँखमा बसेको सुन्दर मुस्ताङ । जुनसुकै बेला हिमाललाई सिरानी राखेको मुस्ताङमा पुग्ने जो कोहि व्यक्तिलाई आफनो शिरमा हिमाल रहेको अनुभव हुन्छ । अनि स्वच्छ हावा, सफा पानीले मुस्ताङमा जाने जो कोहिलाई पनि टिकाइरहेको हुन्छ । अनि मुस्ताङबासीको मौलिकता र न्यानोपनले बसाई लम्ब्याउन थप आर्कषण गर्छ । खैरा तथा काला अग्ला पहाडको चचुरोमा पुग्दा लाग्ने आनन्दपन अर्को छ अनि हिउँको चुचुरोमा पुग्दा लाग्न आनन्द भनेको स्वर्गमा पुगेजस्तो अनुभुति हुन्छ । पुगे पछि छाड्न मन नलाग्ने सुन्दरताले भरिएको मुस्ताङलाई हेर्नुहोस् तस्बिरमा :–
तस्बिर :काठखबर/रबिन कोइराला