Kath khabar
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण


             काठमाडौं, पुस ५ । वलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गर्नुभएको छ । गत बुधबार नेपाल भ्रमणमा आउनुभएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गर्नुभएको हो ।

परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोटसम्म यात्रा गर्नुभएको हो । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाउनुभयो ।  अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गर्नुभएको थियो ।

करिब एक वर्षअघि पोखराको फेदी देखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ । केबुलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुँदा साराङ्कोटबाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update