Kath Khabar
फेरि बढ्यो सुनचाँदीको मूल्य

                                 काठमाडौं, मंसिर ३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरी वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा आएको उतारचढावको कारण स्थानीय बजारमा पनि असर परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु २८०० ले बढेको छ, जसअनुसार प्रतितोला सुनको मूल्य रु २ लाख ४२ हजार ३०० निर्धारण भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६० ले बढेर ३ हजार १५० कायम भएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update