Kath Khabar
मिराज ढुंगानाको कार्यालयमा आक्रमण !

                       काठमाडौं, मंसिर ४ । जेनजी अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा आक्रमण भएको बताएका छन् । 

बुधबार साँझ ६ बजे अज्ञात समूहले आफ्नो कार्यालयमा आक्रमण गरेको र त्यहाँ रहेका महिला सदस्यहरुमाथि दुर्व्यवहारसमेत भएको उनले सञ्जालमार्फत बताएका छन्  । उनले कसले किन आक्रमण गर्यो भन्ने बारे भने  खुलाएका छैनन् । 

उनले लेखेका छन् –

"हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हाम्रो साथीहरू माथि हातपात र हाम्रो महिला टिम मेम्बरहरू माथि पनि हातपात भयो। के गर्न खोज्नु भएको हामीलाई ?"

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update