टियु मैदान वरपर भीडभाड नगर्न नेपाल प्रहरीको अनुरोध
काठमाडौं, मंसिर १ । जिल्ला प्रहरी परिसर, काठमाडौंले आज त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदान वरपर भीडभाड नगर्न आग्रह गरेको छ ।
आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (NPL) को टिकट सबै बिक्री भइसकेकोले टिकट नभएका महानुभावहरूलाई रंगशाला नजिकै भेला नभैदिएर सुरक्षा व्यवस्था गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।
नेपालको सबैभन्दा ठूलो व्यावसायिक खेल प्रतियोगिता मानिने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि भव्य रूपमा हुन लागेको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

