बृहत रक्तदान कार्यक्रम
ललितपुर, फागुन ५ । ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगामी फागुन ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। महालक्ष्मी नगरपालिका वडा नं. ४ को कार्यालय परिसरमा हुने उक्त कार्यक्रम बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा स्थानीय तथा सर्वसाधारणलाई बढीभन्दा बढी सहभागी हुन आह्वान गरिएको छ। अस्पतालहरूमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै कुनै पनि बिरामीको उपचारमा रगतको अभाव नहोस् भन्ने पवित्र उद्देश्यले यो कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
यस मानवीय सेवाको अभियानमा सक्रिय सहभागिता जनाई योगदान पुर्याउन आयोजक समितिले सबैमा विनम्र आग्रह गरेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२ १२:०२
प्रतिक्रिया दिनुहोस्

