तनावपछि सिमरामा कर्फ्यू लाग्यो, सिमराका आजका सबै उडान रद्द
काठमाडौं, मंसिर ३ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।
एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएकाे थियाे । स्थिति भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । कर्फ्यु आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म जारी रहनेछ ।
युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा हुँदै आउने जानकारी पाएपछि जेन–जी युवाहरूले विरोध प्रदर्शन गरेका थिए । तनाव बढेपछि सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने सबै उडान रोकिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

