सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं, मंसिर ५ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १३०० ले घटेको छ । यसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य ८५ रुपैयाँले घटेर प्रतितोला रु ३ हजार १०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १३:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

