Kath khabar
गरिमा विकास बैंकको “गरिमा डिवेन्चर २०८५” को बिक्री खुल्ला

काठमाडौं, मंसिर १६। गरिमा विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि आज बिहिबारबाट प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रको बिक्री खुल्ला भएको छ ।

बैंकका अनुसार सो मध्ये ४० करोड रुपैयाँ बराबरको चार लाख कित्ता सर्वसाधारणहरूलाई बिक्री गरिनेछ (जसमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ) भने बाँकी ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने बैंकले जनाएको छ । गरिमा डिबेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस एक गते सम्म हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्ता सम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रर्वधकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update