Kath khabar
महामारीको तेस्रो लहरको भय बढ्दै गर्दा पहिलो महामारीकै बेलाको बिमा रकम दिएन सरकारले

काठमाडौं, मंसिर १७ । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।जुन भारतमा पनि आइपुगेको छ । यसरी आएको नयाँ भाइरसका कारण तेस्रो चरणको महामारी सुरु हुने हो कि भन्ने भय छ । तर, नेपालमा भने पहिलो महामारी बेलामा गरिएको बिमाको नै भुक्तानी नै भएको छैन ।

यसरी अर्थमन्त्रालयले समयमै कोरोना बिमितको रकम भुक्तानी नगर्दा यसले बिमा क्षेत्रको बिश्वसनियतामाथि नै प्रश्न उठाएको छ। अर्थमन्त्रालयले दिनुपर्ने यस्तो रकमको लागि अहिलेसम्म कुनै प्रक्रिया नै अघि बढेको छैन । कोरोना बिमाको रकम भुक्तान गर्नका लागि बिमा कम्पनीहरूले बनाएको कोषमा सरकारले समयमै रकम पठाउने छाँटकाँट देखाएको छैन ।

कोरोनाको अहिले तेस्रो लहर फैलिने भय हुँदैन । तर, पहिलो लहरमा नै संक्रमित भएका कैयनले अहिलेसम्म कोरोना बिमा बापतको दाबी रकम पाउन सकेका छैनन् । कागजात पुरा भएका  ७७ हजार १ सय ३ मध्ये अहिलेसम्म  ५६ हजार ७ सय ९८ वटाभन्दा बढि भुक्तान भइसकेको छ । कम्पनीहरूले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिले भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरूको जोखिम व्यवस्थापनबाट भुक्तान गरेको रकम हो ।

यसबाहेकको रकम भने अहिले बिमा कम्पनीहरूले आफ्नो कोषबाट कोरोना बिमा बापतको दाबी भुक्तान गरेका छन् । अर्थमन्त्रालयले रकम दिएसँगै सोधभर्ना गर्नेगरी उनीहरूले अहिले आफ्नो कोषबाट  दाबी बापतको रकम भुक्तान गरेका हुन् । यता अर्थमन्त्रालयमा भने यो रकम भुक्तानका लागि अहिलेसम्म कुनै प्रक्रिया नै अघि बढेको छैन  ।

समिति रकम आशमा रहेको भएपनि कहिलेबाट रकम भुक्तान सुरु हुन्छ भनेर यकिन  गरेर भन्न सक्ने अवस्थामा छैन ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update