Kath khabar
एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा गरिने उपचारमा छुट लिन सकिने



काठमाडौं, मंसिर १८। एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्की सहित अन्य देशमा लिने स्वास्थ्य सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ। कार्यक्रममा आइ एस ओ एनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइ एस ओ एनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने बताएका छन् । उनले आइ एस ओ एनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update