Kath khabar
राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरुलाई लगानी अफर



काठमाडौं, मंसिर १९ । राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरूलाई लगानीको अफर गरेको छ । यस अन्तर्गत राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूमा तीन अर्ब पाँच करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्दती निक्षेपकोरुपमा २०७८ पुस एक गतेदेखि २०७९ पुस एक गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरूको लागि दुई अर्ब ४४ करोड, विकास बैंकहरूको लागि ४५ करोड ७५ लाख र फाइनान्स कम्पनीहरूको लागि १२ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ । रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही मंसिर २१ गते अपरान्ह चार बजेसम्म आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ ।  

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update