Kath khabar
कुमारी बैंकको ‘फोनलोन ईएमआई’ सेवा सुरु


काठमाडौं, मंसिर २०। कुमारी बैंकले ‘फोनलोन ईएमआई’ सेवा सुरु गरेको छ । बैंकले फोन लोन प्रदान गर्दे उद्देश्य अनुरूप उक्त सेवा सार्वजनिक गरेको हो ।

आज सोमबार पत्रकार सम्मेलन मार्फत बैंकले ईएमआईमा भुक्तानी गर्न मिल्ने फोन लोन योजना सार्वजनिक गरेको हो । यो सेवा पश्चात अब ग्राहकले आफ्नो अनुकूलतामा एक महिना, तीन महिना, छ महिना, नौ महिना र १२ महिनाको समय राखेर ईएमआईका आधारमा आफूले लिएको ऋण भुक्तान गर्न सक्नेछन् ।

बैंकले अहिलेलाई तलब खाता आफ्नोमा हुनेहरूलाई मात्र ऋण उपलब्ध गराउनेछ। ऋण एक हजारदेखि दुई लाख रुपैयाँसम्म उपलब्ध गराईने बैंकले जनाएको छ । यो सेवा पश्चात अब ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरी कुनै धितो वा कागजी प्रक्रियाविना नै फोन लोन सुविधा पाउने सक्नेछन् । बैंकका अनुसार यो सेवा एफवान सफ्टसँगको सहकार्यमा सञ्चालनमा ल्याईएको हो ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update