Kath khabar
बैंक तथा फाइनान्स कम्पनीहरूलाई राष्ट्र बैंकको लगानी अफर

काठमाडौं, मंसिर २१ । बैंक तथा फाइनान्स कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । आज मंगलबार सूचना जारी गर्दे राष्ट्र बैंकले एक अर्ब २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्दती निक्षेपको रुपमा २०७८ पुस एक गतेदेखि २०७९ मंसिर २९ गतेसम्मको लागि राख्ने आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैकका अनुसार लगानीको लागि छुट्याइएको कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब, विकास बैंकहरूको लागि १८ करोड ७५ लाख र फाइनान्स कम्पनीहरूको लागि छ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही मंसिर २३ गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरू तोकिएकाछन् ।  

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update