Kath khabar
गायक  प्रकाश सपुत प्रभु बैंकको ‘ब्रान्ड एम्बेसडर’, बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने

काठमाडौं, मंसिर २२ । गायक प्रकाश सपुतलाई प्रभु बैंकले थप अवधिका लागि आफ्नो ब्राण्ड एम्बेसडरमा निरन्तरता दिने भएकोे छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक तथा कलाकार र प्रकाश सपुतलाई बैंकको ब्राण्ड एम्बेसडरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

प्रभु बैंकले गत वर्षदेखि नै र लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि बैंकले ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो ।

गायक सपुत प्रभु बैंकको ब्राण्ड एम्बेसडरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update