Kath khabar
बैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जानेलाई सहुलियत

काठमाडौं, मंसिर २३। बैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जानेलाई नेपाल राष्ट्र बैकले सहुलियत दिएको छ । यसअन्तर्गत अबदेखि बैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने नेपाली कामदारले अमेरिकी डलर १५ सय सम्मको सटही सुविधा पाउनेछन् ।

बिहीबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैकहरुको नाउँमा परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएसंगै नेपालबाट दक्षिण कोरिया जाने कामदारहरूले यस्तो सुविधा पाउने भएका हुन् । परिपत्रमा भनिएको छ, नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर दुई सय सम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्नेछ ।

तर बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुको लागि कोभिड १९ को कारण क्वारेन्टिन खर्च वापत सो व्यहोरा खुल्ने बैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५ सय सम्म सटही सुविधा विद्युतीय कार्डका माध्यमबाट उपलब्ध गराउन यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।  


 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update