Kath khabar
भोलि सोमबार १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक


काठमाडौँ, मंसिर २६ । भोलि सोमबार नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

मंसिर २८ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन सक्नेछन् । उक्त ट्रेजरी मध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेकाछन् । जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस २७ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत एक गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ ३१ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ मंसिर २७ गते तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ ।  

भोलि जारी हुने १३ अर्ब रुपैयाँको ट्रेजरी मध्ये सात अर्ब रुपैयाँको ट्रेजरी पुरानो नवीकरण अन्तर्गतको र छ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ रहेको छ । यसअघि पनि यही मंसिर २१ गते नौ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।    


 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update