Kath khabar
४५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी मर्हजन पक्राउ

काठमाडौ, मंसिर २८ । ४५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईंबी) ले बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी अमर महर्जनलाई काठमाडौको शंखमुलबाट पक्राउ गरेको हो । 

ललितपुर महानगरपालिका वडा नं.२१ बस्ने ४२ बर्षिय महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी २०७५ असोज २४ गते मेगा बैंक लिमिटेडको चेकहरु काटी वैंकिङ् कसूरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनले गरेको थियो । 

जसअनुसार उच्च अदालत पाटनले २०७८ असोज आठ गते प्रतिवादी अमर महर्जनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ४५ लाख ५० हजार रुपैंया जरिवाना हुने फैसला भएको थियो । सोही अनुुरुप केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादीलाई शंखमुल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीको भनाई छ ।    
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update