Kath khabar
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट नियुक्त



काठमाडौं, पुस १। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको थियो ।
 

 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update