Kath khabar
ठेकेदारले गत वर्षकै रकम पाएनन्, अर्थमन्त्रीले सकेनन् खर्च बढाउन

काठमाडौं, मंसिर १२ । चालु आर्थिक वर्षको ५ महिनामा सरकारले ८ प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । सरकारले यसरी विकासका लागि भनेर छुट्टाएको रकम खर्चन नसकेका बेलामा  यता निर्माण व्यवसायीले भने काम सकेर पनि करिब ३५ अर्ब बराबरको रकम भुक्तान पाउन सकेका छैनन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार विगत ४ वर्ष यतादेखिका केही आयोजनामा सरकारले काम सम्पन्न गरेपनि रकम भुक्तान गरेको छैन । केन्द्र सरकारबाट स्थानीय र पछि फेरी केन्द्र सरकारमै फर्किएका यस्ता सडक तर्फका आयोजनबाट ५ अर्ब जति भुक्तान हुन बाँकी छ ।

महामारीका कारण निर्माण व्यवसाय पनि प्रभावित भएको थियो । तर, महामारीबाट प्रभावित भएका आयोजनाको म्याद थप्ने निर्णय भने सरकारले गत भदौमा मात्रै आएर गरेको र अघिल्लो वर्षको बजेट फ्रिज भएकाले समयमै भुक्तान पाउन नसकेको निर्माण व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय निर्माण व्यवसाय अझ तरलताको मारमा परेकाले निर्माणका काम अघि बढ्न सकेका छैनन् । निर्माण व्यवसायीले निर्माण कार्य अघि बढाउनका लागि बैंकबाट ऋण नपाएको  बताउँछन् ।

सरकारले प्रत्येक महिना १० प्रतिशत विकास खर्च गर्ने भनेपनि सरकारी निकायबीच समन्वयको अभावले यो पुरा नहुने मात्रै हैन विकासका लागि भनेर छुट्टाइएको रकम नै सरकारी ढुकुटीमा  लामो समय थुप्रिएर बस्ने जोखिम देखिएको छ  ।

 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update