Kath khabar
गरिमा विकास बैंकद्धारा थप दुई वटा शाखा बिस्तार


काठमाडौं, पुस १२। गरिमा विकास बैंकले थप दुई वटा शाखा बिस्तार गरेको छ । एक्सीज टु अल भन्ने मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा संचालनमा ल्याएको हो ।

बैंकले हाल नेपालभर एक सय १८ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दे आइरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update