Kath khabar
कोभिड-१९ बाट सुरक्षित रहेर बैंकिङ कारोबार सञ्चालन गर्न राष्ट्र बैकको निर्देशन

काठमाडौं, पुस २६ । कोभिड १९ बाट सुरक्षित रहेर बैंकिङ कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैकले निर्देशन दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दे राष्ट्र बैकले कोभिड १९ को बिश्व महामारीबाट बचेर आवश्यक स्वास्थ्य सतर्कता सहित वित्तीय कारोबार सञ्चालन गर्न राष्ट्र बैकले निर्देशन दिएको हो ।

निर्देशन अनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न र सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्ने छ ।

बैंक तथा वित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर लगायतका सामाग्रीहरूको व्यवस्था गर्ने पनि राष्ट्र बैकले निर्देशन दिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रमहरु सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।  


 

 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update