Kath khabar


काठमाडौं, माघ २१ । आधुनिक नेपालको एकीकरणको महत्वपूर्ण युद्धहरू मध्येको एक सिन्धुलीगढिको युद्धको आफ्नै महत्व रहेको छ । उक्त घटनाको सम्झना स्वरुप बनाइएको युद्ध संग्रहालय एक ज्यूँदो इतिहासको साक्षीको रुपमा रहेको छ । तत्कालीन समयको भू-बनोटको स्केच, अंग्रेज सेना आएको बाटो, तत्कालीन हतियारहरू, युद्ध झल्काउने विभिन्न सालिकहरू र त्यो बेलाको सम्पूर्ण किल्लाको संरक्षण सहितको गढी संरक्षण संम्बद्र्धनले आन्तरिक र बाह्य पर्यटनलाई गज्जबले आकर्षित गरिरहेको छ ।

इतिहासमा रुचि राख्ने हामी र हाम्रा बालबच्चाहरूको ज्ञान बढाउन उक्त संग्रहालय एक कोशेढुङ्गा सावित हुन सक्नेमा कुनै दुईमत हुन सक्दैन । काठमाडौं कोटेश्वरबाट मात्र ४ घण्टाको गाडी यात्रामा सजिलैसँग पुग्न सकिने उक्त गढी क्षेत्र प्रवेश गर्दा रु.५० को टिकट लिने गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update