Kath khabar
नेपाली थ्रिलर फिल्म 'अपीच्य'को पोस्टर सार्वजनिक


         काठमाडौं, जेठ ११। नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गर्नुभएको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्नुहुँदै खड्गीले लेख्नुभएको छ ‘हरर फिल्मको फस्ट लुकलाई सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । अब चाँडै नै सिनेमा हलहरूमा लाग्दैछ ।’

डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले फिल्म निर्माण गर्नुभएको हो । फिल्ममा सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लुनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका छ । फिल्मको लागि वरिष्ठ कलाकार सुशील राजोपाध्यायले कथा सम्पादन गर्नुभएको छ भने विविन महर्जनले व्यवस्थापन पक्ष हेर्नुभएको छ ।

रविन डंगोल र आयुष महर्जनको छायाङ्कनमा निर्माण सम्पन्न भएको हरर फ्लेभरको फिल्ममा हलिउड प्रोजेक्टमा काम गर्दे आउनुभएका सन्तोष केसीलाई भि.एफ.एक्स तथा क्रियटिभ डिरेक्टरको लागि अनुबन्ध गरिएको छ । विनेश श्रेष्ठको कला निर्देशन रहेको फिल्ममा पूजा शाहीले सौन्दर्य पक्षको जिम्मेवारी लिनुभएको छ । यसअघि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले पुल्चोकको जलविनायक मन्दिर परिसरमा क्लाप गरी फिल्मको शुभमुहूर्त गरिएको थियो ।

अपीच्य निर्देशन गरेका खड्गीले ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’ सफलतापूर्वक निर्माण गरिसक्नु भएको छ । विभिन्न विधाका फिल्म बनाउनेमा रुचि राख्ने उहाँले यो पटक त्रासदीपूर्ण चलचित्र (हरर मुभी) मा काम गर्नुभएको छ ।  

 

 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update