हमासका लडाकुहरूले इजरेलमा किन गरे भीषण आक्रमण ?
बुधबार, असोज २४, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित
बुधबार, असोज २४, २०८०
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।
इजरायल युद्धमा हालसम्म १५०० भन्दा बढीको मृत्यु, जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन २०० भन्दा धेरैको रजिष्ट्रेशन
मंगलबार, असोज २३, २०८०
रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिए पछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघे
सोमबार, असोज २२, २०८०
भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन
सोमबार, असोज २२, २०८०
११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरू मध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरी कहाँ सुरक्षित छन्।
२ इजरायली पर्यटकको इजिप्टमा गोली हानेर हत्या
आइतबार, असोज २१, २०८०
एलेक्जेन्ड्रिया शहरमा १ जना प्रहरीले आइतबार पर्यटकहरू माथि गोली चलाएका थिए।मारिनेमा १ जना इजिप्टका नागरिक पनि छन्। प्रहरीले इजरायली पर्यटक माथि गोली हान्नुको कारण खुलेको छैन।
इजरायल माथि हमासको आक्रमण २५० जनाभन्दा धेरैको ज्यान गयो, ९ नेपाली घाइते
आइतबार, असोज २१, २०८०
तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ ।
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
आइतबार, असोज २१, २०८०
भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ ।
यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी जेलमा रहेकी नर्गिस मोहमदीलाई
शुक्रबार, असोज १९, २०८०
इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई
बिहीबार, असोज १८, २०८०
सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फ्रान्समा उडुस आतङ्क
बिहीबार, असोज १८, २०८०
पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर होस् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।
गुगलको भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ भारतबाट शुरु
शुक्रबार, असोज १२, २०८०
गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।
मस्जिद नजिकै विष्फोट हुँदा ७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
शुक्रबार, असोज १२, २०८०
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
साताको लोकप्रीय
