Kath khabar
लुभुको सानागाउँमा एक बृद्धा मृत अवस्थामा फेला

ललितपुर, साउन ५ । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँ बस्ने ७७ वर्षीया मनदेवी महर्जन आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका–२ टिकुलीगढ समयथान सामुदायिक वनको सुराई खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update