काठमाडौं, भदौ ३० । काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं जुत्ताचप्पल मेला’ मा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो ।
भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर सुज, हाईलाईफ, वान वर्ल्ड सुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ-नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर सुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिनुभयो । यसअघि पटक-पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले नै दशैँ जुत्ता चप्पल मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’- प्रसाईले बताउनुभयो ।
बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्ता ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यति नै मूल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताउनुभयो । एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ताचप्पल उपभोक्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेन्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।
‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुँदा रहेछन् भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाए’ मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने –‘सस्तो मूल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु ।’ कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको संचार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरूको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनि छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ ।
‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मूल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल बिक्रीवितरण गरिरहेका छौ, यसको उद्देश्य नेपालीहरूले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजकले बताउनुभयो ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन्

