Kath khabar
३३ अंकले घट्यो नेप्से, सबै सुचकहरु रातै

             काठमाडौं, असोज २ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा सिमित हुन पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि  ६.४ अंकले घटेर ३६५.८६ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज २ सय २९ वटा कम्पनीहरुको २७ हजार ७ सय ९० पटकको कारोबारमा ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्लोवल आईएमई समुन्नत योजना १, नेपाल ल्युव आयल, मानुषी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रुरु जलबिद्युत कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बलेफी हाईड्रो पावर लिमिटेड, बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी, अपर हेवा खोला हाईड्रो पावर कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, नेपाल एसबिआई बैंक आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लक्ष्मी बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update