Kath khabar
अवैध लागूऔषध र हेलमेट सहित भक्तपुरको कमलविनायकबाट दुईजना पक्राउ


             काठमाडौं, कात्तिक ६। भक्तपुरको भक्तपुर नगरपालिका-७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् ।  कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र हेलमेट सहित पक्राउ गरेको हो ।

बाँके, राप्तीसोनारी गाउँपालिका-९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय  मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका-१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र  तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा.१ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्राम सहित  सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय खगेन्द्र डाँगी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.७ प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update