Kath khabar
ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

     
                  ललितपुर, कात्तिक १५ । आफ्नै श्रीमती २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

वसन्तीको शव कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।      

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update