Kath khabar
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ललितपुरको सुनाकोठी बस्ने राई पक्राउ


             ललितपुर, कात्तिक १५ । ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ साकेला गाउँपालिका-१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update