Kath khabar
पिपुल्स हाइड्रो पावर कम्पनीको साधारण शेयरको बिक्री खुल्ला



            काठमाडौं, कात्तिक २५ । पिपुल्स हाइड्रो पावर कम्पनीको साधारण शेयरको बिक्री कार्य खुल्ला भएको छ ।

कम्पनीले यही कात्तिक २५ गते शुक्रबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५६ करोड छ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयरको बिक्री कार्य सुरु गरेको हो ।  

कम्पनीका अनुसार बिक्री गरिएको कुल शेयर मध्येमा तीन प्रतिशत अर्थात एक लाख ६८ हजार एक सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात दुई लाख ८० हजार तीन सय २० कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ५१ लाख ५७ हजार आठ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि छुट्ट्याइएको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।

अधिकृत पुँजी तीन अर्ब २० करोड तथा जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण शेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । बिक्री प्रर्वद्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण शेयरको बिक्री कार्य छिटोमा यही कात्तिक २९ गते र ढिलोमा मंसिर नौं गते बन्द हुने कम्पनीले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update