Kath khabar
झण्डै ११ अंकले घट्यो नेप्से सम्पूर्ण


            काठमाडौं, कात्तिक २७ । नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा पुगेको छ ।

आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरुको १९ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार सात सय छ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सूचक बढेपनि बाँकी रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज लक्ष्मी इक्विटी फण्ड, सिंगटी हाइड्रो पावर लिमिटेड, पाँचथर पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने नबिल ब्यालेन्स फण्ड २, सिटिजन्स म्युचुअल फण्ड, हिमालयन पावर पार्टनर, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update