Kath khabar
नेप्से घटेपनि कारोबार रकम बढ्यो


             काठमाडौं, कात्तिक २९ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से आज छ दशमलव ५९ अंकले घटेर १८ सय ९७ दशमलव ८६ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको २२ हजार सात सय ७१ पटकको कारोबारमा २७ लाख ४५ हजार एक सय नौ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब दुई करोड ३६ लाख नौं हजार नौं सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा र ट्रेडिङ समुहको सूचक बढेको छ भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटिजन्स म्युचुअल फण्ड १, पञ्चकन्यामाई हाइड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने तारागाउँ रिजेन्सी होटल, सिक्लेस हाइड्रो पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल, मन्दाकिनी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update