Kath khabar
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुवैमा उच्च वृद्धि

              काठमाडौं, मंसिर १। नेप्सेमा हरियाली छाएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव छ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको २७ हजार दुई सय ३१ पटकको कारोबारमा ४३ लाख ८४ हजार चार कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिक्लेस हाइड्रो पावर कम्पनी, रिडी हाइड्रो पावर कम्पनी, प्रोग्रेसिभ फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, ओरेन्टल होटल, मन्दाकिनी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update