Kath khabar
चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार



              काठमाडौं, मंसिर ६ । नेप्से घटेको छ । चुनाव सकिएपछि आज मंगलबार खुलेको नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।

नेप्से आज सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ७९ दशमलव ५९ अंकमा सीमित हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २८ लाख ८५ हजार साात सय ७९ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज कारोबार भएका १३ वटा समूहहरू मध्ये वाणिज्य बैंक र जीवन बीमा समुहहरूको सूचक बढेपनि विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा जानकी फाइनान्स, सयपत्री हाइड्रो पावर लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा भने युनिलिभर नेपाल लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिक्लेस हाईड्रो पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मेगा बैंक आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल बैंक लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, रिडी हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् ।  


 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update