Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट

            काठमाडौं, मंसिर ७ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पनि घटेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर १९ सय २१ दशमलव ९९ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ७० अंकले घटेर तीन सय ७७ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैयाँ ८३ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा उत्पादनमूलक र ट्रेडिङ समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

नेप्सेमा आज सिभिल बैंक, घलेम्दी हाइड्रो पावर लिमिटेड, सिभिल बैंक, सिटिजन्स म्युचुअल फण्ड, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने स्टान्डर्ड चार्टड बैंक, वीन लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, सिभिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रा.लि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update